बुवाको हत्या गरेको अभियोगमा छोरी पक्राउ
आफ्नै बुवा ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या गरेको अभियोगमा दैलेख प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। नौमुले गाउँपालिका-५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगरलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
तिर्सनाले काठको चिरपटले प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। चिरपट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।