ललितपुर महानगर गौरव पुरस्कार सशस्त्र प्रहरी बललाई प्रदान
ललितपुर, २ पौष — ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरिएको छ।
पुल्चोकस्थित प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले गणलाई उक्त पुरस्कार प्रदान गरे। पुरस्कार वितरणका क्रममा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा गणले पुर्याएको उल्लेखनीय योगदानको कदर गरिएको थियो।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय प्रतिनिधिहरूको पनि उपस्थित रहेको थियो।