एमाले केन्द्रीय सदस्यमा पासाङ शेर्पाको उम्मेदवारी खारेज
काठमाडौं, १ पुस– नेकपा एमालेको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।
शेर्पाले आदिवासी–जनजाति खुलातर्फ उम्मेदवारी दर्ता गराएका थिए। तर, बहुविवाह मुद्दामा दोषी ठहर भएका कारण उनलाई उम्मेदवार बन्न नपाउने उजुरी निर्वाचन आयोगमा दर्ता भएको थियो।
निर्वाचन आयोगले उजुरीको समीक्षा गरेपछि शेर्पाको उम्मेदवारी खारेज गर्दै अन्तिम उम्मेदवारको सूचीबाट उनको नाम हटाएको छ।
शेर्पा अध्यक्ष केपी शर्मा ओली समूहको सूचीमा रहेका उम्मेदवारमध्ये एक थिए।