जेनजी घटनाको छानबिन आयोगले म्याद थपका लागि प्रधानमन्त्रीसँग भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका क्रममा भदौ २३–२४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय आयोगका पदाधिकारीले भेटेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारका अनुसार आजको भेटमा आयोगले आफ्नो म्याद एक महिनाका लागि थप गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भेटका क्रममा अर्को सातादेखि राजनीतिक दलका नेताहरूको बयान लिने तयारी भइरहेको जानकारी दिएका छन्।
उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगलाई मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार सो घटनाबारे अनुसन्धान गर्न गठन गरिएको थियो।