सतुंगलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काठमाडौं, १ पुस।चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बा प्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक, सोही स्थानका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका महर्जनलाई उपचारका लागि एपीएफ अस्पताल बलम्बु लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।