विदेश पठाइदिन्छु भनेर ठग्ने २ जना पक्राउ
विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काभ्रे घर भएका ४५ वर्षीय ईश्वर राना छन् ।
सोमबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । अल्बानिया पठाउँछु भनेर पोखरेलले ८ लाख ७० हजार र रानाले क्रोएसिया पठाउँछु भनेर ११ लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।