नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि १२.५% लाभांश घोषणा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो, जसमा ४% बोनस सेयर र ८.५% नगद लाभांश समावेश छ।
कम्पनीले कुल २१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने जनाएको छ। लाभांश प्रस्ताव बीमा प्राधिकरणको अनुमोदन र आगामी साधारणसभामा स्वीकृत भएपछि वितरण हुनेछ। हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ।