जनार्दनको गृहजिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय सञ्चालनमा
रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार पूर्वमन्त्री समेत रहेका प्रलोपाका संरक्षक जनार्दन शर्माले खलङ्गामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । शर्मा आजै गृहजिल्ला पुगेका थिए ।