डल्लुबाट जुवातास खेल्दै गरेका ६ जना पक्राउ
२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँमा बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खानसहित ६ जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई ५७ हजार ४ सय रुपैयाँ नगद र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।