जापानका राजदूतले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट
काठमाडौँ — नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भमा विविध विषयमा छलफल भएको थियो। राजदूत तोरुले सरकारको समयमै चुनाव गर्ने सङ्कल्पको सराहना गर्दै आवश्यक सहयोग प्रदान गर्न जापान तयार रहेको दोहोर्याएका छन्।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास र विविध क्षेत्रमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेकी छन्।