एमाले एघारौं महाधिवेशन लम्बिने, पुस १ गते मतदान
२८ मंसिर, काठमाडौं — नेकपा एमालेको एघारौं महाधिवेशन निर्धारित समयभन्दा लम्बिने भएको छ। हिजोदेखि सुरु भएको महाधिवेशन २९ मंसिरसम्म सञ्चालन हुने कार्यतालिका भए पनि निर्वाचन प्रक्रिया ढिलो हुने संकेत देखिएपछि अवधि थपिने भएको हो।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते दिउँसो ११ बजेदेखि मतदान हुने तय गरिएको छ। मतदान मिति पुस १ मा तोकिएसँगै महाधिवेशनको अवधि पनि सोहीअनुसार लम्बिने देखिएको छ।
यद्यपि, पार्टी नेताहरूले नेतृत्व चयनका विषयमा सहमतिको प्रयास अझै जारी रहेको बताएका छन्। सहमतिमा टुंगो लागेमा निर्वाचन प्रक्रिया छोटिने सम्भावना पनि रहेको नेताहरूको भनाइ छ।
हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट काठमाडौंको भृकुटिमण्डपमा बन्दसत्रका रूपमा अघि बढेको छ।