कांग्रेसको प्राथमिकता चुनाव, देउवाको स्पष्ट संदेश
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राथमिकता प्रतिनिधि सभा पुनस्र्थापना होइन, चुनाव नै रहेको बताएका छन्। शुक्रबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले भने, “तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ।”
जवाफमा खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताए र दलहरूले पनि चुनावी वातावरण बनाउन पहल गर्नुपर्ने बताए।
यसअघि कांग्रेसका सांसदहरूले संसद पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका थिए। एमालेले निर्वाचनको वातावरण नभएको भन्दै सर्वोच्चमा रिट दिएको भए पनि फैसलकै पालना गर्ने बताएका छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको छ।