विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका राजकुमार तामाङ पार्टीबाट निलम्बित
काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिअनुसार अनुसन्धानमा कुनै प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धान टुंगो नलागेसम्म तामाङलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको हो।
तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरेको थियो। उनीविरुद्ध २०८१ भदौ १४ गते भएको बम विस्फोट घटनामा मुद्दा दायर भएको छ, जसमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएका थिए।