एमाले महाधिवेशन: ओली समूहमा भट्ट–ढकालको पदाधिकारी नाममा फेरबदल
काठमाडौं, २९ मंसिर — नेकपा (एमाले)को महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको समूहले पदाधिकारी उम्मेदवारको सूचीमा फेरबदल गरेको छ। लेखराज भट्ट र भानुभक्त ढकालको नाम पदमा तलमाथि भएको छ।
ओली समूहले लेखराज भट्टलाई सचिव पद दोहोर्याउन नमान्दा भट्टलाई उपमहासचिवमा राखेर भानुभक्त ढकाललाई सचिवमा अघि सारेको हो। भट्टले अनलाइनखबरसँग कुरा गर्दै अब उपमहासचिव पदका लागि उम्मेदवारी दिने जानकारी दिएका छन्। उनले भने, “म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु।”
माओवादी धारबाट आएका भट्ट यसअघि दशौं महाधिवेशनमा सचिव रहेका थिए। तर उपमहासचिव पदमा भानुभक्त ढकाललाई अघि राखेपछि ओली टिममा असन्तुष्टि बढेको छ।