काठमाडौँ: बल्खुमा ट्रकले ठक्कर दिँदा घाइते महिला उपचारकै क्रममा मृत्यु
काठमाडौँ, २ पुस — काठमाडौँ महानगरपालिका–१४ बल्खुमा आज बिहान भएको ट्रक–मोटरसाइकल ठक्करमा घाइते भएकी महिला उपचारको क्रममा मृत्यु भएकी छन्।
मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपाने उपचारका क्रममा वयोदा अस्पताल बल्खुमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार, ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको उपचार वयोदा अस्पतालमा भइरहेको छ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान शुरु गरेको छ।