मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ – मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आइतबार १२ बजेर ५४ मिनेटमा गएको हो।
भूकम्पको केन्द्रबिन्दु मनाङको थोचे आसपास रहेको थियो र यसको तीव्रता ४.७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू भइरहेका छन्। गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युड र २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।