कांग्रेसमा महाधिवेशन तालिका विवाद: कार्यसम्पादन समिति बैठक जारी
काठमाडौँ — नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद समाधानको प्रयासका लागि कार्यसम्पादन समिति बैठक अहिले ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा जारी छ। महाधिवेशन कार्यतालिका पेश नगरेको आरोपमा बिहीबारको बैठक बहिस्कार गरेका महामन्त्री गगन थापा पनि आज उपस्थित छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान १० बजे सुरु भएको बैठकमा दुवै पक्षले प्रस्ताव गरेका समयलाई मिलाएर नयाँ महाधिवेशन तालिका तय गर्ने विषयमा छलफल भइरहेको छ। शनिबार पदाधिकारी बैठकमा यस विषयमा छलफल भए पनि सहमति हुन सकेको थिएन।
बिहीबारको केन्द्रीय समिति बैठकमा अनुपस्थित भएका थापा शुक्रबार भने अनुपस्थित नहुने बताएका थिए। सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित गरिएको थियो। अझै पनि थापाले कार्यतालिका नल्याइए आफू बैठकमा सहभागी नहुने चेतावनी दिइरहेका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन्। कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्माले पुसभित्र महाधिवेशन गर्नुपर्ने बताएका छन् भने संस्थापनले वैशाख अन्तिमसम्म पर्खनुपर्ने तर्क गर्दै आएको छ।
युवा नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्। नेताहरूले सहमतिका लागि विकल्पमा छलफल भइरहेको बताएका छन्, तर सहमति हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ।