काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर भेला सुरु
काठमाडौँको बानेश्वरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। पार्टी भित्र ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर संकलन गरी महाधिवेशन माग गर्दा समेत नेतृत्वले अटेर गरेको भन्दै पक्षधरले आजको भेला राखेका हुन्।
कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ।
आजको भेला र छलफलपछि थप निर्णयका लागि केन्द्रीय समिति बैठक बस्ने जानकारी छ।