दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता
काठमाडौं । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ
रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।
नेपाली गाइडसहित आज बिहान साे हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०:३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।