२० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी एकाइहरूले प्रतिबन्धित लागुऔषधसहित जिल्लाका विभिन्न स्थानबाट एक महिलासहित ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइन र ४ वटा मोटरसाइकल बरामद गरेको छ ।