महान्यायाधिवक्ताको लगानी भएको होप फर्टिलिटीमा डिम्ब तस्करी प्रकरण
काठमाडौं, २७ कात्तिक — डिम्ब तस्करीको आरोपमा परेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीको पनि लगानी रहेको खुलेको छ।
प्राप्त विवरणअनुसार भण्डारीको नाममा कम्पनीको २३ प्रतिशत सेयर रहेको छ भने उनकी छोरी डा. प्रत्युषा बराल त्यहीँ कार्यरत छिन्। कम्पनीको अध्यक्ष डा. स्वस्ती शर्मासहित अन्य संस्थापकहरुले पनि सेयर लगानी गरेका छन्। अनुसन्धानमा १६–१७ वर्षका किशोरीको डिम्ब आर्थिक प्रलोभनमा लिएको र बिक्री गरिएको प्रमाण फेला परेको छ।
तर महान्यायाधिवक्ता कार्यालयले बालबालिकालाई बलपूर्वक प्रयोग गरिएको प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। यस निर्णयप्रति भण्डारीसँगको सम्बन्धलाई लिएर आलोचना उठेको छ।