१२ वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा होस्टेल सञ्चालक पक्राउ
सुर्खेतमा १२ वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा एक होस्टेल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौरमा रहेकाे होस्टेलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनले होस्टेलमै बस्दै आएकी १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ ।
आरोप लागेपछि फरार रहेका उनलाई मंगलबार बेलुका पञ्चपुरी नगरपालिका–१ बाचकाँडाबाट पक्राउ गरिएको बुढ्थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।