विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ। माइती नेपालले आइतबार ३८औं एड्स दिवसको अवसरमा दीप प्रज्वलनको आयोजना गरेको हो। गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।
विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउने गरिन्छ। कार्यक्रममा सहभागी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एड्सबारे जनचेतना फैलाउन जरूरी रहेको बताइन्।