पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक, डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले सस्तो
काठमाडौं, कात्तिक १५ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। निगमका अनुसार नयाँ मूल्य आज (शनिबार) राति १२ बजेबाट लागू हुनेछ।
नयाँ सूची अनुसार डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यसअघि जस्तै पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि इन्धन मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाइएको छ।
निगमले मूल्य समायोजनको कारण अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन र विनिमय दरको प्रभावलाई मुख्य कारण बताएको छ।