प्रसाईं र कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य
काठमाडौँ, २ नोभेम्बर — दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचन नेतृत्वको *नेपाली कांग्रेस (बीपी)* बीच देशव्यापी आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार मध्यपुरथिमि स्थित प्रसाईं निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमति अनुसार मङ्सिर ६ गतेदेखि सुरु हुने जनजागरण अभियानमा कांग्रेस (बीपी) का नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा सहभागी हुनेछन्। दुवै पक्षले आन्दोलनलाई अहिंसात्मक, संवैधानिक र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।