काठमाडौँ। जेनजी आन्दोलनमा तोडफोड र आगजनी विषयमा अदालतद्वारा प्रहरीमा जाहेरी
काठमाडौँ—२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत र अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनीको घटनाबारे अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन्।
जाहेरी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा परेको जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए। उनले भने, “अदालतका तर्फबाट जाहेरी आएको छ। अब अनुसन्धान अघि बढ्छ।”
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ। घटनामा प्रत्यक्ष संलग्नको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।