एमालेले ‘युथ भोलेन्टियर्स फोर्स’ गठन, नयाँ नेतृत्व मंसिर ५ मा सार्वजनिक
काठमाडौँ । नेकपा एमालेको जनवर्गीय सङ्गठनका रूपमा ‘युथ भोलेन्टियर्स फोर्स’ थपिने भएको छ । उक्त फोर्सको नयाँ नेतृत्व आगामी मंसिर ५ गते घोषणा गरिने भएको छ
आइतबार भक्तपुरमा सम्पन्न फोर्सको विशेष भेलाले आगामी मंसिर ५ गते फोर्स गठनसहित सार्वजनिक गरिने राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्व छनोट गर्न एमाले नेता महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनेको छ ।
युथ भोलेन्टियर्स फोर्स गठन भएसँगै एमालेका जनवर्गीय सङ्गठनको सङ्ख्या २४ पुग्ने भएको छ । यसअघि युवा, विद्यार्थी,महिलालगायत २३ वटा जनवर्गीय सङ्गठन रहेका थिए । नेकपा एमालेले जनवर्गीय सङ्गठनका रूपमा युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको थियो ।