कांग्रेस सहमहामन्त्री आङ्देम्बे: नियमित महाधिवेशन नै साझा मिलनबिन्दु
काठमाडौं, २७ कात्तिक — नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताएका छन्। बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा भएको बैठकमा उनले नियमित महाधिवेशनको महत्व र पार्टी एकताको आवश्यकता जोड दिएका हुन्।
आङ्देम्बेले भने, “नियमित महाधिवेशनबाटै हामी जानु पर्छ। नियमित महाधिवेशन नै सबैको एउटा मिलन बिन्दु हुनुर्पछ।” उनले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा पार्टी लाग्नुपर्ने बताएका छन् भने, निर्वाचन नभए आन्दोलनका लागि तयार रहनुपर्ने धारणा व्यक्त गरे।
सहमहामन्त्री आङ्देम्बेले पार्टीमा हरेक निर्णय केन्द्रीय कार्यसमितिद्वारा टुंगो लगाउनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनसम्बन्धी निर्णय पनि वैधानिक प्रक्रियामा आधारित हुनुपर्ने बताए। उनले विगतमा पार्टी विभाजन हुँदा भएको पीडाबारे स्मरण गर्दै, “पार्टी फुटको पीडा छ। तर आज वैधानिक मार्ग र नियमित प्रक्रियामा टिकेर अगाडि बढ्नु जरुरी छ,” बताएका छन्।