प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बोलाइन्
१५ कात्तिक, काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरेकी छिन्।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबीचको संवाद सुदृढ पार्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेको सरकारी स्रोतले जनाएको छ।