कास्कीमा आगजनी र लुटपाटमा संलग्न ५६ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा कास्कीमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न ५६ जनालाई प्रहरीले हालसम्म पक्राउ गरेको छ।
प्रहरीका अनुसार फोटो–भिडियोका प्रमाणका आधारमा दोषी पहिचान गरी पक्राउ प्रक्रिया जारी छ। पक्राउ परेकामध्ये १४ जना धरौटीमा रिहा भएका छन् भने ३६ जनामाथि अनुसन्धान अघि बढेको छ। एक नाबालकलाई बाल सुधार गृह पठाइएको छ।
कास्की जिल्ला अदालतले विभिन्न उपद्रव मुद्दामा केहीलाई पुर्पक्षका लागि थुनामा, केहीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। फरार ३ जना पनि अदालतमा हाजिर भई धरौटीमा छुटेका छन्।
क्षति विवरण अनुसार कास्कीमा मात्र करिब ५ अर्ब बराबरको सार्वजनिक तथा निजी सम्पत्ति नस्ट भएको** कास्की प्रशासनले जनाएको छ। ११६ सरकारी कार्यालय, २७ निजी सम्पत्ति तथा ३२९ सवारीसाधनमा क्षति पुगेको छ।