राहदानी विभागबाट २ बिचौलिया पक्राउ
राहदानी विभागबाट दुई जना बिचौलिया पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१८ घर भएका ४५ वर्षीय मनराज श्रेष्ठ र बझाङको बित्थडचिर गाउँपालिका–६ का १९ वर्षीय हेमन्त सिंह ओखेडा छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।