प्रधानमन्त्री कार्यालयमा जेन-जी समूहको नाराबाजी
काठमाडौं, २४ नोभेम्बर – जेन-जीहरूको एक समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगे पनि भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै नाराबाजी र हो-हल्ला गरेको छ।
समूहले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नीसहित नातेदारलाई जागिर लगाएकोबारे ध्यानाकर्षण पत्र बुझाउन पुगेको थियो। मिराज ढुंगाना र सुदन गुरुङ नेतृत्वको उक्त समूहले प्रधानमन्त्रीसँग भेट पाउन नसक्दा असन्तुष्टि प्रकट गरेको हो।
समूहका सदस्यहरूले भने, “प्रधानमन्त्रीले समय नदिँदा हाम्रो गुनासो सुन्न अवसर पाइएन।”
प्रधानमन्त्री कार्यालयले हालसम्म यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।