दुई दिनमा विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस
पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई करिब ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना सन्देश पठाइएको छ। जल तथा मौसम विभागले असोज १८ गतेदेखि हालसम्म नेपाल टेलिकम र एनसेल एक्जीयटा मार्फत जम्मा ६५ लाख १६ हजार २९६ वटा एसएमएस पठाइएको जानकारी दिएको हो ।
विभागले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र जलमग्न हुने जोखिम बढेकाले जनसाधारणलाई सतर्क रहन आग्रह गर्दै सो सूचना पठाएको जनाएको छ।