गृह मन्त्रालयद्वारा ३६ जना सिडिओ र सहसचिवको सरुवा
काठमाडौं ,९ कात्तिक ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिव गरी ३६ जना अधिकृतको सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित ललितपुर, मोरङ, रुपन्देहीलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवापछि सम्बन्धित अधिकृतहरूलाई नयाँ कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको छ।