जेनजी आन्दोलनपछि पासपोर्ट बनाउने सेवाग्राहीलाई समस्या
काठमाडौं, १४ कात्तिक – जेनजी आन्दोलनपछि राहदानी विभागमा पासपोर्ट बनाउने सेवाग्राहीहरूले पुन: सास्ती खेप्न थालेका छन्। विभागले दैनिक ५ सय आवेदनका ‘स्लट’ मात्र उपलब्ध गराउँदा धेरैले अनलाइन फारम भर्न समस्या भोगिरहेका छन्। आन्दोलनका कारण १४ जिल्लामा प्रणाली र पासपोर्ट नष्ट भएको थियो।
यसबीच बिचौलियाहरू सक्रिय भई सेवाग्राहीसँग पैसाको लोभ देखाउँदै ठगी गर्ने प्रयास गरेका छन्। कालिमाटी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। विभागले सेवाग्राहीलाई अनलाइन आवेदनमार्फत मात्र राहदानी प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ। विदेशी दूतावासमा समेत पासपोर्ट ढिलाइ भएको जनाएको छ।