मनमती खोलामा पहिरो जाँदा घरहरू जोखिममा
काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक रहेको मनमती खोलामा पहिरो जाँदा घरहरू जोखिममा परेको छ ।
मनमती खोलालाई करखोशी खोलाको नामले पनि चिनिन्छ । शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा पहिरो गएको हो। पहिरो जाँदा सडक भाँसिएको छ भने यहाँका घरहरू जोखिममा परेको छ ।
खोलाले सडक भत्काएपछि स्थानियहरू त्रसित बनेका छन् ।
नेपाली प्रहरी कालिमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपाउन अपिल गरेको छ ।
साथै आवश्यक सहयोगको लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ ।
यता, जल तथा मौसम विभागले भोलिसम्मै निरन्तर वर्षा रहने बताएको छ भने नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।