रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु
रौतहटमा शनिबार साँझ हावाहुरी र अविरल वर्षासँग परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरीको उपकरणमा समेत क्षति पुगेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार शनिवार साँझ ६ बजे परेको चट्याङ लागेर कटहरिया नगरपालिका २ हंथियाहि गाउँका दुईजना र भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका ८ मनसरी गाउँका एकजना गरी तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कटहरिया २ का वर्ष १६ क सेराज लहेरी र वर्ष १६ को नवीन यादव रहेका छन्। उनीहरू घर बाहिर घुमिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको थियो।
त्यस्तै वर्षासँगै चट्याङ लागेर इलाका प्रहरी कार्यालय शिवनगरको कार्यालय भित्र रहेको इन्भर्टर १ थान र १२ भोल्टको ब्याट्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।