उदयपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
त्रियुगा नगरपालिका– ५ दमौटीमा एक बालकको खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् ।
शनिबार दिउँसो २ बजे बालिका खोलानजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रक्रिया पूरा गरी आफन्तको जिम्म लगाइएको छ । घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।