देशका चार जिल्लामा चार व्यक्ति मृत फेला, प्रहरी अनुसन्धानमा
काठमाडौँ – बिहीबार मोरङ, रूकुम पश्चिम, पाँचथर र बैतडीमा गरी चार जना व्यक्तिहरु मृत फेला परेका छन्।
मोरङ सुन्दरहरैँचा–४ गैरी टोलमा ४० वर्षीय युवराज ताम्ली, रूकुम पश्चिम त्रिवेणी–६ दवाङमा करिब ५० वर्षीय पुरुष, पाँचथर कुम्मायक–४ जरायोटारमा ४३ वर्षीय पदमराज सम्बाहाम्फे र बैतडी मेलौली–७ पच्कोरामा ५५ वर्षीय भिम सिंह रावत मृत फेला परेका हुन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।