रेशम चौधरीः चुनाव नदिए फेरि देशमा चुनाव नहुने चेतावनी
काठमाडौँ–नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित राजनीतिक संवादमा बोल्दै चौधरीले आफूसहित लक्ष्मण थारू र धनिराम थारूलाई चुनावमा भाग लिन नदिएको खण्डमा देशमा फेरि चुनाव नहुने चेतावनी दिएका हुन्।
चौधरीले पार्टीका अन्य अगुवा पुरुषोत्तम यादवले आफूलाई चुनाव लड्न नदिएको दाबी गर्दै त्यसप्रति आपत्ति पनि व्यक्त गरे। उनले भने, “देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?”