पूर्वप्रधानमन्त्री ओली र पाँच जनाको पासपोर्ट रोक्का बिरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत पाँच जनालाई यात्रामा उपत्यका बाहिर जान रोक लगाउने र पासपोर्ट रोक्का गर्ने निर्णय गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता प्रेमराज सिलवालले अदालतमा पेश गरेको रिटमा ओली, रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हदको निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ।
सर्वोच्च प्रशासनले रिट दर्ता भएको र यसको विषयमा अध्ययन भइरहेको जनाएको छ।