हिडन भ्यालीमा फसेका १५ पर्यटकसहित तीन विदेशीलाई नेपाली सेनाले उद्धार
काठमाडौँ । नेपाली सेनाले मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका १५ जना पर्यटकसहित तीन विदेशी पर्यटकलाई उद्धार गरेको छ। नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयासपछि कात्तिक १४ गते उनीहरूलाई सुरक्षीत स्थानमा ल्याएको हो।
उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा रहेको बतासे डाँडामा फसेका पर्यटकहरूलाई फेला पारी उद्धार गरेको सेनाले जानकारी दिएको छ। उद्धार गरिएका पर्यटकहरूको साधारण स्वास्थ्य परीक्षण गरिएको छ र उनीहरूलाई जोमसोम ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शकको संयुक्त टोली सक्रिय रहेको छ।
सेनाले भनेका अनुसार, पर्यटकहरूको स्वास्थ्य स्थिति ठिक छ र सुरक्षीत वातावरणमा उद्धार कार्य जारी छ।