सल्यानमा नदी किनारमा महिलाको शव फेला
सल्यानमा नदी किनारमा एक महिलाको शव फेला परेको छ। शारदा नगरपालिका–१२ को गाइनेटास्थित शारदा नदी किनारमा शनिबार एक जना महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।