पाँचथर जिप दुर्घटनामा पर्ने घाइतेहरूको पहिचान खुल्यो
पाँचथरको कुम्मायक–३ कात्तिकेमा जिप दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको छ । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।
तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा शनिबार मध्याह्न मे १ ज ३०५५ नम्बरको बलेरो सडकदेखि तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर घाइते भएकाहरूमा ताप्लेजुङको मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङ कालिखोलाका ७ वर्षीय सन्तोष लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन ५ का २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला ४ ताप्लेजुङका २९ वर्षीय सञ्जुहाङ लिम्बूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको पहिचान गर्ने क्रम जारी रहेको भन्दै नाम खुलाएको छैन ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाबाट धरानका लागि छुटेको जिप शनिबार मध्याह्न पाँचथरको कुम्मायक ३ स्थित तमोर कोरिडोरको कात्तिके खण्डमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ज्यान गुमाएका ६ जनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । घाइतेहरूलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तामाङले बताए । घाइते अधिकांशको टाउको,ढाड र हात खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीहरुले बताए ।