प्रधानसेनापतिले बेलायत स्वर्ण विजेता नेपाली सेना टोलीलाई प्रशंसा पदक प्रदान
काठमाडौँ। प्रधानसेनापति अशोक राज सिग्देलले बेलायतमा आयोजित ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सहभागी टोलीका नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको यस अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली सेनाको छवि तथा गौरव बढाएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।
गत असोज १७ देखि २६ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ टोलीले भाग लिएका थिए।