विपद्को जोखिम बढ्दो अवस्थामा सुरक्षित रहन प्रधानमन्त्री कार्कीको अपिल
प्रधानमन्त्री सुशीला कार्कीले विपद्को जोखिम बढ्दो अवस्थामा रहेकाे उल्लेख गर्दै सबै नागरिकलाई सुरक्षित रहन अपिल गरेकी छन् । प्रधानमन्त्री कार्कीले देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै सबै नागरिकलाई सुरक्षित रहन अपिल गरेकी हुन् ।
‘...हाम्रा टोलीले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु– तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहनु प्रेरित गर्नुहोस् ।’ उनले अत्यावश्यक नभएसम्म यात्रा नगर्नसमेत अनुरोध गरिन् ।
उनले राज्यका सबै निकायहरू प्रतिकूल प्रतिस्थितिका बाबजुद उद्धार र सहजीकरणका लागि सक्षम रहेको जनकारी दिइन् ।