नीलकण्ठका मेयर ढुंगाना यूसीएलजी एसिया–प्यासिफिकको सहअध्यक्षमा पुन: निर्वाचित
दक्षिण एसिया प्यासिफिक क्षेत्रका शहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया–प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुन: निर्वाचित भएका छन्।
ढुंगान लगातार दोस्रोपटक उक्त पदमा निर्वाचित भएका हुन्। यसअघि दुई वर्षअघि उनी सहअध्यक्षमा निर्वाचित भएका थिए।
सन् २००४ मा स्थापना भएको संयुक्त शहर र स्थानीय सरकारहरू (यूसीएलजी) शहरहरू, स्थानीय र क्षेत्रीय सरकारहरू, र विश्व स्तरमा स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व र रक्षासँग सम्बन्धित विश्वभरका नगरपालिका संघहरूको एक अन्तर्राष्ट्रिय छाता संगठन हो।
धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहेका ढुंगाना स्थानिय तहमा जनप्रतिनिधिका रूपमा अनुभव सम्हालेका व्यक्ति हुन्। यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन्।
यो संस्थाले एसिया प्यासिफिक क्षेत्रका बेइजिङ, नयाँदिल्ली, सियोल, पेनाङ जस्ता प्रमुख शहरहरू सहित ५१ देशका करिब ७००० शहरहरूको प्रतिनिधित्व गर्दछ।