दुई मन्त्रीको मात्रै आज शपथ, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको रोकियो
काठमाडौं, ९ कात्तिक – नयाँ मन्त्रीका रूपमा सिफारिस भएका चार जनामध्ये दुईजनाको मात्रै आज शपथ ग्रहण हुने भएको छ। उच्च स्रोतका अनुसार सिफारिस सूचीमा परेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको हो भने बब्लु गुप्ता र सुधा शर्मा गौतमले आज शपथ लिने भएका छन्।
सरकारले सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरेको थियो। तर, सुनारको नाममा उठेको विवादका कारण प्रधानमन्त्री सुशीला कार्कीले थप परामर्श गरेकी थिइन्। सोही छलफलपछि सुनार र श्रेष्ठ दुवैको शपथ तत्कालका लागि रोकिएको स्रोतले जनाएको छ।
राष्ट्रपति कार्यालयले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ। तर सिफारिस सूचीमा रहेका केही नामबारे विवाद उठेपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय स्थगित गरेको हो।