पहिरोसँगै झरेको ढुंगाले लागेर एक महिलाको मृत्यु
सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर रोशीमा एक महिलाको मृत्यु भएको छ ।
आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका-११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको वडा नं ११ का वडाध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेको उनले जानकारी दिए ।