चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते
चितवन, २९ असोज— चितवनको रत्ननगर–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगमा पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
आज बिहान उद्योगभित्रको १० इन्चे इँट्टाको गाह्रो भत्किँदा गम्भीर घाइते भएका सबैलाई चितवन मेडिकल कलेज लगिएको थियो, जहाँ शुकराम दराई (४५), रेशम दराई (५४) र कमल गुरुङ (४५) को मृत्यु भएको हो।
घाइते जितेन्द्र महतो (३९) र अंकजप्रसाद थारु (४०) को सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टले जानकारी दिए।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।